बागलुङ २ (२) मा कांग्रेसका द्रोण विजयी – Nepal Press

बागलुङ २ (२) मा कांग्रेसका द्रोण विजयी

पोखरा । बागलुङ प्रदेशसभा निर्वाचन क्षेत्र २(२)  मा नेपाली कांग्रेस विजयी भएको छ ।

कुँवरले १२ हजार ४०८ मत ल्याएर चुनाव जितेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मण पुनले ८ हजार ६७१ मत ल्याउन सके । बागलुङ २९२० मा कुल २३ हजार ३३८ मत खसेको थियो ।

कांग्रेसका द्रोणकुमार कुँवरले कांग्रेसलाई प्रदेशसभामा योसँगै चौंथो सफलता दिलाएका छन् । यसअघि प्रदेशसभामा कांग्रेसले ३ सिट जितिसकेको छ ।

कांग्रेसले यसअघि मनाङका दुई प्रदेशसभा निर्वाचन क्षेत्र र मुस्ताङको एक प्रदेशसभा निर्वाचन क्षेत्रमा जित निकालिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर