झापाको १० मध्ये ६ प्रदेश सभा क्षेत्रमा एमाले अगाडि, अन्यमा को-को ? – Nepal Press

झापाको १० मध्ये ६ प्रदेश सभा क्षेत्रमा एमाले अगाडि, अन्यमा को-को ?

काठमाडाैं । झापाका १० वटा प्रदेश सभामा अधिकाशंमा नेकपा एमालेका उम्मेदवार अघि देखिएका छन् । झापाको क्षेत्र नम्बर १ को १ मा कांग्रेसका गोपाल तामाङ अगाडि छन् । उनलाई एमालेका रविन कोइरालाले पछ्याउँदैछन् । तामाङले ८ हजार ९३५ मत प्राप्त गरका छन् भने उनको निकट रहेका नेकपा एमालेका कोइरालाले ७ हजार ७३४ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर १ कै प्रदेश २ मा राप्रपाकी सविना बजगाईँलाई गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार श्यामवीर लिम्बु पछी छन् । उनले ५ हजार ९६६ मत प्राप्त गरेकी छन् भने उनको निकट रहेर नेकपा माओबादी केन्द्रका उम्मेद्वार श्यामवीर लिम्बुले ५ हजार ६१५ मत ल्याएका छन् ।

झापा क्षेत्रनम्बर २ का प्रदेशका दुवै क्षेत्रमा एमालेका उम्मेद्वार अगाडी छन् । प्रदेश सभा १ मा एमालेका एकराज कार्की ८२३१ मतसहित अघि छन् । यस्तै, गठबन्धनका तर्फबाट नेकपा एसका उम्मेदवार पुष्पराज पोख्रेल २७४७ मतसहित पछी छन् । प्रदेश सभा २ मा एमालेका तिलचन पाठक(चिन्तन) ७२३९ मतसहित अग्रस्थानमा छन भने कांग्रेसका खगेन्द्र मैनालीले ५४७३ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर ३ को प्रदेश सभा १ मा कांग्रेसका भूमिप्रसाद राजबंशी १०४५८ मत सहित अघि छन भने एमालेका बसन्त बानियाँ १०३५१ मत सहित पछ्याउदै छन् ।

यहाँ दुइ उम्मेद्वार विच तिब्र प्रतिष्पर्धा छ । यस्तै प्रदेश सभा २ तर्फ एमालेका छवि चुडाँल भारी मतका साथ अघि छन् । उनी ५६८७ मत सहित अघि हुँदा माओवादी केन्द्रका पूर्णप्रसाद राजबंशी ४४७५ मत सहित पछी छन् ।

झापाको निर्वाचन क्षेत्र ४ को १ मा एमालेका राधाकृष्ण खनाल अघि छन् । उनले १३७८ मत ल्याएका छन् भने माओवादीका झलक मगरले १११६ मतसहित पछी छन् । यस्तै झापा ४ कै प्रदेश २ मा राप्रपाका भक्ति सिटौला अघि छन् । उनले २२४४ मत ल्याएका छन् भने कांग्रेसका एकराज उप्रेती १४४८ मतसहित पछी छन् ।

झापा क्षेत्रनम्बर ५ का दुबै प्रदेश सभामा एमालेका उम्मेद्वार अघि छन् । प्रदेश सभा १ मा एमालेका हिक्मत कुमार कार्की अघि छन् । उनले कार्कीले १९४५ मत प्राप्त गरेका छन् भने कांग्रेसका जिवन राई १४८४ मत सहित पछ्याउदै छन् । यस्तै प्रदेश सभा २ मा एमालेका होमबहादुर थापा २३३६ मत सहित अघि छन् । माओवादीका रेवतराज पुरी १५६४ मत सहित पछी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर