विश्वकपमा डिफेन्डिङ च्याम्पियन पहिलो खेलमै पराजित भएका यी ६ खेल – Nepal Press

विश्वकपमा डिफेन्डिङ च्याम्पियन पहिलो खेलमै पराजित भएका यी ६ खेल

दोहा। विश्वकप फुटबलका पछिल्ला संस्करणहरुमा डिफेन्डिङ च्याम्पियन लगातार पहिलो चरणबाटै बाहिरि रहेका छन्।

सन् २०१० मा इटाली, सन् २०१४ मा स्पेन र सन् २०१८ मा जर्मनी समूहगत चरणबाटै बाहिरिएका थिए। स्पेन र जर्मनी दुवै पहिलो खेलमै पराजित भएका थिए। त्यसअघि विश्वकपमा साविक विजेता टोली पहिलो खेलमै पराजित भएको ४ वटा घटना थिए।

विश्व युद्धपछि पहिलोपटक सन् १९५० मा आयोजना भएको विश्वकपमा इटाली पहिलो खेलमै पराजित भएको थियो। विश्वयुद्ध सुरु हुनुअघि अन्तिमपटक सन् १९३८ मा आयोजना भएको संस्करण इटालीले जितेको थियो। तर १९५० को संस्करणमा स्वीडेनले पहिलो खेलमा इटालीलाई ३-२ गोलले हरायो।

त्यहि कारण इटालीले पहिलो चरण पार गर्न सकेन। त्यसयता साविक विजेताका रुपमा अर्जेन्टिना सन् १९८२ र सन् १९९० को संस्करणमा पहिलो खेलमै पराजित भएको थियो।

सन् १९८२ को संस्करणमा अर्जेन्टिना पहिलो खेलमै बेल्जियमसँग १-० गोलले पराजित भएको थियो। यसपटक अर्जेन्टिना दोस्रो चरणभन्दा अगाडि बढ्न सकेन। सन् १९९० को विश्वकपको पहिलो खेलमा क्यामरुनसँग १-० गोलले पराजित भएको अर्जेन्टिना त्यतिबेला भने फाइनलसम्म पुगेको थियो।

सन् १९९८ को विश्व च्याम्पियन फ्रान्स चार वर्षपछि आयोजित अर्को संस्करणमा पहिलो चरणबाटै बाहिरिएको थियो। त्यतिबेला सेनेगलले पहिलो खेलमै फ्रान्सलाई १-० गोलले हराएको थियो।

सन् २०१० को विश्वकपमा स्पेनले पहिलो खेल हारेपनि पछि विश्व च्याम्पियन बन्न सफल भयो। त्यतिबेला स्पेन पहिलो खेलमा स्वीट्जरल्यान्डसँग १-० गोलले पराजित भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर