पर्सा प्रदेशसभा क्षेत्र २ (१) बाट कांग्रेसका पटेल निर्वाचित
नेपाल प्रेस
२०७९ मंसिर ६ गते १७:१९
जनकपुरधाम । पर्सा प्रदेशसभा क्षेत्र २ (१) बाट नेपाली कांग्रेसका श्याम प्रसाद पटेल निर्वाचित भएका छन् ।
१३ हजार ७८४ मत ल्याएर पटेल विजयी हुँदा जसपाका रामनरेश प्रसाद यादव १२ हजार १२७ मत पाएका हुन् । पटेललाई सत्ता गठबन्धनले उम्मेदवार बनाएको थियो ।
पराजित जसपाका यादवलाई नेकपा एमालेको समर्थन थियो । ०७४ मा यो क्षेत्रबाट कांग्रेसका राजेश्वर प्रसादले विजयी भएका थिए ।
प्रतिक्रिया