मेसीको गोलमा साउदीविरुद्ध पहिलो हाफमा अर्जेन्टिना १-० ले अघि – Nepal Press

मेसीको गोलमा साउदीविरुद्ध पहिलो हाफमा अर्जेन्टिना १-० ले अघि

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत कतारमा जारी समूह ‘सी’ को पहिलो खेलमा साउदी अरबविरुद्ध पहिलो हाफमा अर्जेन्टिना १-० गोलले अघि रहेको छ ।

लुसाइल रंगाशालामा जारी खेलमा अर्जेन्टिनालाई अग्रता दिलाउन कप्तान लियोना मेसीले खेलको १०औं मिनेटमा गोल गरे ।
खेलको ८औं मिनेटमा बक्सभित्र साउदीका डिफेन्डर अल बुलाइहीले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टीलाई सदुपयोग गर्दै मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

मेसी अर्जेन्टिनाका लागि विश्वकपमा गोल गर्ने दोस्रो बढी उमेरका खेलाडी बनेका छन् । पहिलो नम्बरमा मार्टिन पालेर्मो छन् । उनले ३६ वर्षको उमेरमा सन् २०१०कोे विश्वकपमा गोल गरेका थिए ।

समूह ‘सी’को आजै हुने दोस्रो खेलमा मेक्सिको र पोल्यान्ड राती पौने १० बजे प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर