प्रदेश १ का बाँकी ४ जिल्लामा गणनाको तरखर – Nepal Press

प्रदेश १ का बाँकी ४ जिल्लामा गणनाको तरखर

विराटनगर । मतगणना सुरू नभएका प्रदेश १ का ४ जिल्लाको मतगणना सुरू हुन लागेको छ । संखुवासभाको गणना सुरू भइसकेको छ भने सोलुखुम्बुमा पनि गणना हुन लागेको छ । सर्वदलीय बैठक सम्पन्न भई मतगणनाको तयारी भएको सोलुका प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताए ।

हिमाली जिल्ला भएकाले मत पेटिका ल्याउन समस्या भएको र जनशक्ति पनि कम भएका कारण मतगणनामा ढिलाई भएको खनालले बताए । मतपत्र हिजोमात्रै गणना हुने स्थानमा आइपुगेको थियो ।

तेह्रथुममा पनि मतगणनाको तयारी भइरहेको छ । हिजो साँझमात्रै मतपेटिका गणना गर्ने स्थलमा आइपुगेकाले गणनामा ढिलाई भएको जिल्ला निर्वाचन कार्यालय तेह्रथुमले जनाएको छ ।

ताप्लेजुङमा तीन बजेबाट मतगणना सुरू गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी महेशराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर