खुश्बुलाई बेखुस बनाउने मतपरिणाम, प्रचारविपरीत निराशाजनक मत – Nepal Press

खुश्बुलाई बेखुस बनाउने मतपरिणाम, प्रचारविपरीत निराशाजनक मत

काठमाडौं । चुनाव जितेर सांसद बन्ने योजना र तयारीसहित राप्रपाको राजनीतिमा होमिएकी मोडल तथा पूर्वमिस टिन नेपाल खुश्बु ओली पार्टी निर्णयविपरित चुनावमा उत्रिँदा अपेक्षित मत पाउनबाट समेत बन्चित भएकी छन् ।

झापा ४ राप्रपाले एमालेलाई छाडेपछि स्वतन्त्र उम्मेदवार बनेकी खुश्बुको चुनावी प्रचार निकै आक्रामक थियो र उनी घर घरमा पुगेकी थिइन् । खुश्बु त्रिपक्षीय प्रतिस्पर्धामा आउने अनुमानविपरित उनी मतगणनामा निकै पछि परेकी छन् ।

निर्वाचनअघि निकै चर्चामा आएकी ओलीको परिणाम निराशाजनक देखिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्यसमेत रहेकी ओली पार्टीबाट टिकट पाउने आशाका साथ चुनावमा जाने तरखरमा थिइन् । उनले सामाजिक सञ्जाललगायतमा आफूले जित्ने दाबी गर्दैै प्रचारप्रसामा सक्रिय बनेकी थिइन् ।

तर हालसम्मको परिणाम हेर्दा उनको पाँचसय मत पनि कटेको छैन । पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका एलपी साँवा र राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालबीच मुख्य टक्कर देखिएको छ । उनीहरुबीच झिनो मतको फरक छ । अहिले लिम्बु ६७५२ मतसहित अग्रता दोहोर्याएका छन् भने ढकाल ६६३० मतले पछ्याइरहेका छन् । ओलीले भने हालसम्म पाँचसय मत पनि ल्याएकी छैनन् । उनको केहीबेर अघि ३३९ मत रहेको थियो ।

आफूले जित्ने दाबीसहित निर्वाचनमा होमिएकी उनको प्रचारमा निकै भीड देखिने गरेको भए पनि त्यो भीड मतमा नबदलिएको देखिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर