विश्वकप यात्रा सुरु गर्नुअघि मेस्सीले भने- धेरै गैह्र अर्जेन्टिनी पनि अर्जेन्टिनालाई विश्व च्याम्पियन भएको देख्न चाहन्छन् – Nepal Press

विश्वकप यात्रा सुरु गर्नुअघि मेस्सीले भने- धेरै गैह्र अर्जेन्टिनी पनि अर्जेन्टिनालाई विश्व च्याम्पियन भएको देख्न चाहन्छन्

दोहा। ७ पटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सीले ठु्लो संख्याका गैह्र अर्जेन्टिनीले पनि अर्जेन्टिनालाई विश्व च्याम्पियन बनेको देख्न चाहेको र त्यसले आफुलाई निकै खुसी बनाउने बताएका छन्।

कतार विश्वकपको अर्जेन्टिनाले पहिलो खेलमा मंगलबार अपरान्ह साउदी अरबसँग खेल्नुअघि आयोजित पत्रकार सम्मेलनमा मेस्सीले आफु पूर्णरुपमा तयार रहेको र लय समेत समातेकाले आशावादी रहेको बताएका छन्।

‘धेरै गेह्र अर्जेन्टिनीले अर्जेन्टिनालाई विश्व च्याम्पियन भएको देख्न चाहन्छन् जुन खुसीको कुरा हो। मेरो आफ्नो करियरमा पाएको यस्तो मायाप्रति निकै कृतज्ञ छु’, अन्तिमपटक विश्वकप खेल्न लागेका ३५ वर्षीय मेस्सीले भनेका छन्। अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकप जित्न सकेको छैन। मेस्सीको कप्तानीमा सन् २०१४ को संस्करणमा फाइनल पुगेपनि उपाधि भिडन्तमा जर्मनीसँग पराजित भएको थियो।

‘मैले शारिरिकरुपमा निकै राम्रो महसुस गरिरहेको छु। व्यक्तिगत र शारिरिकरुपमा म निकै राम्रो अवस्थामा यहाँ आइपुगेको छ। अहिले ममा कुनै समस्या छैन’, गत वर्ष अर्जेन्टिनाका लागि कोपा अमेरिकाका रुपमा पहिलो सिनियर अन्तर्राष्ट्रिय उपाधि जितेका मेस्सीले भनेका छन्, ‘ अहिले मैले लय समातेको अवस्था छ।’

अर्जेन्टिनाले सिनियर अन्तर्राष्ट्रिय फुटबलमा ३६ खेलयता हार ब्यहोरेको छैन। मेस्सीले यो सिजन क्लबका लागि १९ खेलमा १२ गोल गरेका छन्। यस्तै अर्जेन्टिनाका लागि खेलेका पछिल्ला चार खेलमा १० गोल गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर