विश्वकपमा वेल्स र अमेरिकाले अंक बाँडे – Nepal Press

विश्वकपमा वेल्स र अमेरिकाले अंक बाँडे

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

अहमद बिन अलि स्टेडियममा सोमबार राति सम्पन्न समूह बी को दोस्रो खेलमा वेल्सका लागि कप्तान ग्यारेथ बेलले गोल गरे भने अमेरिकाका टिमोथी वेहले गोल गरे ।

खेलको ३६औँ मिनेटमा वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा बनाएको अग्रता बचाइ राख्न नसक्दा अमेरिका अंक बाँड्न बाध्य भएको हो ।

खेलको ८२ औँ मिनेटमा बेलले पेनाल्टीमा गोल गर्दै वेल्सका लागि बराबरी गोल फर्काएका थिए ।

यस बराबरीसँगै वेल्स र अमेरिकाको समान एक एक अंक भएको छ ।

समूह ुबीु मा सोमबार साँझ सम्पन्न खेलमा इङ्गल्यान्डले इरानलाई हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर