झापा ४ मा घण्टीलाई पछि पार्दै एमालेका एलपी साँवाले लिए अग्रता – Nepal Press

झापा ४ मा घण्टीलाई पछि पार्दै एमालेका एलपी साँवाले लिए अग्रता

काठमाडौं । झापा क्षेत्र नम्बर ४ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका एलपी साँवा लिम्बुले अग्रता लिएका छन् ।

हालसम्म १२ हजार ४०८ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाललाई ३७ मतले पछि पार्दै एमालेका लिम्बुले ४ हजार २०७ मत ल्याएर अग्रता लिएका छन् ।

ढकालले ४ हजार १७० मतसहित दोस्रो स्थानमा झरे ।

त्यस्तै, नेपाली कांग्रेसका देउमान थेबेले २ हजार ४६७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार खुस्बु ओलीले २२१ मत निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर