कैलाली १ : दुबै प्रदेशमा पनि नागरिक उन्मुक्तिको अग्रता – Nepal Press

कैलाली १ : दुबै प्रदेशमा पनि नागरिक उन्मुक्तिको अग्रता

कैलाली । प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका रन्जिता चौधरीले अग्रता बनाइरहेका बेला यहाँका दुबै प्रदेशमा पनि नागरिक उन्मुक्तिले अग्रता बनाइरहेको छ ।

१ (१) मा १ हजार ८६१ मतगणना हुँदा सम्म नागरिक उन्मुक्तिका कैलाश चौधरी ७१३ मत सहित अग्रतामा छन् । उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका दीर्घराज विनाडीले ५५९ मत सहित पच्छाइरहेका छन् ।

१ (२)मा पनि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले अग्रता बनाइरहेका छन् । १ हजार ५१६ मत गणना हुँदा सम्म चौधरीको ७१३ मत छ । उनलाई सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार भएका कांग्रेसका डा. रणबहादुर रावलले ४१२ मत सहित पच्छाइरहेका छन् ।

रावल प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् । अघिल्लो पटक बाम गठबन्धन विरुद्ध जित निकालेका रावल कांग्रेस संसदीय दलका नेता पनि थिए । यहाँ एमालेका द्वारिका प्रसाद न्यौपाने तेस्रो छन् । उनको २२६ मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर