गठबन्धनलाई पछि पार्दै कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्तिको अग्रता – Nepal Press

गठबन्धनलाई पछि पार्दै कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्तिको अग्रता

कैलाली । कैलालीमा तीन क्षेत्रमा अहिले नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम गरेको छ । यसरी अग्रता कायम गर्नेमा प्रतिनिधिसभा क्षेत्र नम्बर १, २ र ३ हुन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले सुरुबाटै अग्रता बनाइरहेकी छन् । पछिल्लो मत परिणाम अनुसार नागरिक उन्मुक्तिका श्रेष्ठको एकहजार ८५७ मत आएको छ । त्यस्तै, सत्ता गठबन्धनबाट उम्मेदवार भएका कांग्रेसका राम जनम चौधरीको एकहजार १९९ र एमालेका तपेन्द्र रावलको ४२१ मत छ ।

त्यस्तै, क्षेत्र नम्बर २ मा भर्खरै २०० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले सुरुवाती अग्रता कायम गरेका छन् । उनले १२३ मत पाउँदा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका भगत बडूवालले ३८ मत पाएका छन् । उनी अहिलेसम्म एमाले तेस्रो अवस्थामा छ । एमालेका झपट रावलले २० मत प्राप्त गरेका छन् ।

यता कैलाली क्षेत्र नम्बर ३ मा पनि नागरिक उन्मुक्तिका गङ्गा चौधरीले सुरुबाटै अग्रता कायम गरिरहेका छन् । अहिले सम्म यहाँ आठहजार ३३३ मत गणना भएको छ । त्यसमा नागरिक उन्मुक्तिका गंगा चौधरीले दुईहजार ८३५ मत प्राप्त गरेका छन् ।

उनलाई सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका कृष्ण चौधरी कुन्दनले पछ्यााइरहेका छन् । कुन्दनको मत अहिलेसम्म एकहजार ८८३ आएको छ । उनी राप्रपा तेस्रो र एमाले चौथो छ । राप्रपाका वीरेन्द्र बमले १ हजार ६९४ र एमालेका गौरीशङ्कर चौधरीले १ हजार ६१८ मत पाएका छन् ।

कैलाली ४ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका कांग्रेसका वीर बहादुर बलायर र एमालेका लेखराज भट्टबीच कडा टक्कर भइरहेको छ भने ५ मा भोली बिहानबाट मत गणना हुने सहमति गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर