भोजपुरमा शेरधनको सुरूवाती अग्रता, चौथो पटक होला त इन्ट्री ? – Nepal Press

भोजपुरमा शेरधनको सुरूवाती अग्रता, चौथो पटक होला त इन्ट्री ?

काठमाडौं । भोजपुरमा प्रतिनिधिसभातर्फको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । एक सय मत गन्दा एमालेका शेरधन राई ५२ मत ल्याएर अग्र स्थानमा छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीका सुदन किरातीको ३९ मत आएको छ ।

शेरधन र सुदनबीचको यो तेस्रो प्रतिस्पर्धा हो । यसअघि शेरधनलाई सुदनले ६४ मा पराजित गरेका थिए । दोस्रो संविधानसभामा शेरधन विजयी भए । ७४ मा वाम गठबन्धनबाट सुदन संघमा र शेरधन प्रदेशमा विजयी भए ।

२०४८ सालसहित भोजपुरबाट ह्याट्रिक गरिसकेका शेरधन यसपटक चौथोपटकको जितको दाउमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर