बहालवाला मन्त्रीमध्ये मन्त्री चौधरी सुरुवाती चरणदेखि नै परे पछि
नेपाल प्रेस
२०७९ मंसिर ५ गते १८:५९
काठमाडौं । बारा १ मा खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरी पछि परेका छन्। उनी सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार हुन्।
पछिल्लो मतपरिणमाअनुसार २ हजार ७९४ मत गन्दा चौधरी सुरुवाती चरणदेखिनै पछाडि परेका हुन्।
त्यहाँ एमालेका अच्युतप्रसाद मैनाली १ हजार ३८९ मत ल्याएर अग्रता कायमै राख्दा मन्त्री चौधरीले १ हजार १८२ मत मात्रै ल्याएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारमा रहेका सबै मन्त्रीहरु सुरुवाती चरणदेखि नै अग्रतामा छन्। तर, सरकारमा रहेका मन्त्रीहरुमध्ये प्रतिस्पर्धामा पछि परेका मन्त्री चौधरी एक्ला हुन्।
प्रतिक्रिया