लमजुङमा पृथ्वीसुब्बा अगाडि – Nepal Press

लमजुङमा पृथ्वीसुब्बा अगाडि

पोखरा । लमजुङको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सुरुआती अग्रता लिएका छन् ।

उनले २५ सय ८ मत पाउँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रका देवप्रसाद गुरुङले २ हजार ८७ मत पाएका छन् ।

लमजुङमा एमाले उपमहासचिव र माओवादी केन्द्रका महासचिवबीच हेभिवेट भिडन्त भएको थियो ।

लमजुङमा आइतबार भएको निर्वाचनमा कुल १ लाख ३३ हजार ५ सय मतदाता रहेकोमा ८० हजार ९ सय १७ मत खसेको थियो ।

स्थानीय तह निर्वाचनमा यहाँ एमालेका वडाध्यक्षले पाएको मत गठबन्धनका वडाध्यक्षले पाएको मतभन्दा १५ सय मात्रै कम थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर