कपिलवस्तु १ : माओवादी सचिव बलदेवलाई पछि पार्दै एमालेका बलरामको अग्रता – Nepal Press

कपिलवस्तु १ : माओवादी सचिव बलदेवलाई पछि पार्दै एमालेका बलरामको अग्रता

रुपन्देही । कपिलवस्तु १ को प्रारम्भिक मतगणनामा नेकपा माओवादी केन्द्रका सचिव चन्द्रप्रकाश खनाल बलदेवलाई पछि पार्दै एमाले केन्द्रीय सदस्य बलराम अधिकारीले सुरुवाती अग्रता लिएका छन्।

शुद्धोधन गाउँपालिका वडा नम्बर ४ को मतगणनामा अधिकारीले ५ सय ४ मत ल्याएर अग्रता बनाएका हुन् ।

यो वडामा १८ सय ४९ मत खसेकोमा माओवादी केन्द्रका चक्रपाणि खनाल बलदेवले ४ सय २० मत पाएका छन् ।

जनमत पार्टीका नरेन्द्र चौधरीले २ सय ९३ मत ल्याएका छन् भने बहुजन शक्ति पार्टीका तपेश्वरी कहारले २ सय ७८ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर