इलाममा सुवास नेम्वाङ र झलनाथ दुवै पछाडि – Nepal Press

इलाममा सुवास नेम्वाङ र झलनाथ दुवै पछाडि

विराटनगर । इलामका हेवीवेट नेताहरु सुवास नेम्वाङ र झलनाथ खनाल प्रारम्भिक मतगणनामा पछि परेका छन् । इलाम क्षेत्र नम्बर १ बाट प्रतिनीधि सभा सदस्य पदमा उम्मेदवार बनेका झलनाथ खनाल एमालेका महेश बस्नेत भन्दा पछाडि छन् ।

एमाले छाडेर एकीकृत समाजवादीबाट उम्मेदवार बनेका झलनाथले १०४१ मत ल्याँउदा एमालेका महेश १२५८ मत पाएका छन् । खनाल सो क्षेत्रबाट लगातार जित्दै आएका नेता हुन् ।

इलाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सुवास नेम्वाङविरुद्ध अग्रता कायम राखेका छन् । ६७० मत गणना हुँदा उनले ३४२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार नेम्वाङले २ सय ७६ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गणेश प्रसाद दुलालले ४ मत पाउँदा जनता समाजवादी पार्टीका उम्मेदवार याम प्रसाद लिम्बुले ३ मत पाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर