काठमाडौं ५ : चर्चाबाहिर रञ्जु दर्शना, २ हजार भोट गन्दा सेलरोटीलाई कति ? – Nepal Press

काठमाडौं ५ : चर्चाबाहिर रञ्जु दर्शना, २ हजार भोट गन्दा सेलरोटीलाई कति ?

काठमाडौं । पाँच वर्षअघि स्थानीय चुनावमा तहल्का पिटेकी युवा नेतृ रञ्जु दर्शना यसपालि संघीय चुनावमा सहभागी छिन् । काठमाडौं ५ बाट उम्मेदवारी दिएकी उनी प्रतिस्पर्धामा भने निकै पछाडि देखिएकी छन् ।

अघिल्लो स्थानीय चुनावमा विवेकशील नेपाली पार्टीबाट मेयरमा उम्मेदवारी दिएकी रञ्जुको सामाजिक सञ्जालमा अत्यधिक चर्चा भएको थियो । उनले चुनाव नजिते पनि २३ हजारभन्दा बढी भोट ल्याएर तेस्रो भइन् । एमालेका विद्यासुन्दर शाक्य मेयरमा विजयी बने ।

पाँच वर्षपछि संघीय चुनावमा भाग लिँदा भने रञ्जुले एटेन्सन पाउन सकिनन् । विवेकशील साझा पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिएकी उनले सेलरोटी चुनाव चिन्ह पाएकी छन् । तर, उनको चुनाव चिन्हमा नगण्य भोट खसिरहेको छ ।

अहिलेसम्म २ हजार भोट गणना भइसक्दा रञ्जुले २० भोट पनि कटाउन सकेकी छैनन् । उनले पाएको भोटमा कसैको चासो पनि देखिएको छैन ।

यस क्षेत्रमा कांग्रेसका प्रदीप पौडेल र एमालेका ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा छ । पछिल्लो विवरण अनुसार १८०३ मतको गणना भइसक्दा पौडेलले ४७३ मत पाएका छन् भने पोखरेललाई ४०७ मत आएको छ । यस्तै स्वतन्त्र पार्टीको घण्टी चुनाव चिन्हमा १७३ र क्यामरामा १०८ मत खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर