कब्जा भएका बुथमा पुनः मतदान नभए गणनामा सहभागी नहुने दोलखा एमालेको निर्णय – Nepal Press

कब्जा भएका बुथमा पुनः मतदान नभए गणनामा सहभागी नहुने दोलखा एमालेको निर्णय

काठमाडौं । नेकपा एमाले दोलखा जिल्ला कमिटीले बुथ कब्जा भएको भनेर उजुरी परेका मतदान केन्द्रमा पुनः मतदान नभए मतगणनामा सहभागी नहुने निर्णय गरेको छ ।

एमालेका प्रतिनिधि सभा उम्मेवार बालकृष्ण शिवाकोटीले आइतवार निर्वाचन भइरहेकै बेला तामाकोशी, कालन्चिोक, गौरीशंकर, बैत्यश्वर, मेलुङ र शैलुङ गाउँपालिकाका ७ वटा बुथ गठबन्धने नियन्त्रणमा लिएर एकलौटी मत हालेको भन्दै पुनः मतदानका लागि उजुरी दिएका थिए ।

निर्वाचन आयोगले अहिलेसम्म त्यसबारे निर्णय दिएको छैन । एमालेले बुथ कब्जाको भिडिओसमेत बाहिर आइरहेको भन्दै ती ठाउँमा पुनः मतदानको माग गरको छ ।

ब्थ कब्जका क्रममा प्रतिवाद गर्दा एमलेका कार्यकर्ताहरु घाइते भएका थिए । नाम्दु बुथमा मतपेटिका समेत फटेर मतपत्रहरु भूइमा पोखिएका थिए । गठबन्धनका उम्मेदवार कुन्दन काफ्लेकै नेतृत्वमा तामाकोशी गाउँपालिकाको जामुने र मालु बुथ कब्जा भएका थिए । त्यसक्रममा एमाले कार्यकर्ताहरुमाथि सांघातिक हमला भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर