सहमति भएर पनि मतगणना नगरिएको भन्दै कैलाली ५ मा नाराबाजी – Nepal Press

सहमति भएर पनि मतगणना नगरिएको भन्दै कैलाली ५ मा नाराबाजी

कैलाली । कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा मत गणना ढिला भइरहेको भन्दै मतगणना स्थल बाहिर नाराबाजी भएको छ ।

सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएपनि अहिलेसम्म गणना नथालिएको भन्दै नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन् ।

उनीहरूले सहमतिअनुसार मतगणना नगरिनुमा मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले ढिलाइ गरेको भन्दै अर्यालविरुद्ध समेत नाराबाजी गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको स्वास्थ्य समस्याको कारण देखाउँदै दिउँसो ३ बजेसम्म दलहरूसँग समय मागेका थिए तर साढे ४ बज्दा समेत गणना भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर