प्रारम्भिक मतगणनामा राप्रपाका तीन शीर्ष नेताको अग्रता – Nepal Press

प्रारम्भिक मतगणनामा राप्रपाका तीन शीर्ष नेताको अग्रता

काठमाडौं । यसपटक राम्रो नतिजा ल्याउने तयारीसहित निर्वाचनमा होमिएको राप्रपाले ४ सीटमा अग्रता लिइरहँदा पार्टीका मुख्य पदाधिकारी अग्रस्थानमा रहेका छन् ।

एमालेको साथ पाएका अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवलशमशेर जबराले क्रमशः झापा ३ र बाँके २ मा अग्रता लिएका छन् । एक्लै प्रतिस्पर्धामा रहेका सहअध्यक्ष रवीन्द्र मिश्रले पनि पछिल्लो गणनामा कांग्रेसका प्रकाशमान सिंहलाई झिनो मतले उछिनेका छन् ।

पछिल्लो गणनाअनुसार धवलशमशेर फराकिलो अन्तरसहित अगाडि छन् । एमालेको साथ पाएका राणाले १९९३ मत पाउँदा जसपाका मोहम्मद इस्तियाक राईले ६९४ मतसहित पछ्याइरहेका छन् । कांग्रेसका सुदीप नरसिंह राणा २१८ मतमा छन् ।

मिश्रले २४१६ मतले अग्रता लिँदा प्रकाशमानले २३०२ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर