कैलाली ३ मा पनि नागरिक उन्मुक्तिको सुरुवाती अग्रता
नेपाल प्रेस
२०७९ मंसिर ५ गते १५:३०
कैलाली । कैलाली १ मा अग्रता कायम गरेको नागरिक उन्मुक्ति पार्टीले कैलाली ३ मा पनि अग्रता बनाएको छ । हालसम्म १८१० गन्दा उन्मुक्तिका गङ्गा चौधरीले ६०१ मत पाएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कृष्ण चौधरीले ४५० मत पाउँदा राप्रपाका वीरेन्द्र बमले ४०१ मत प्राप्त गरे । एमालेका उम्मेदवार गौरीशंकर चौधरी चौथो छन् । उनले २५० मत पाएका छन् ।
प्रतिक्रिया