मतपत्र अर्कै बाकसमा परेपछि सुनसरी ३ मा विवाद – Nepal Press

मतपत्र अर्कै बाकसमा परेपछि सुनसरी ३ मा विवाद

विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ मा विवाद उत्पन्न भएको छ । विवाद उत्पन्न भएपछि मतगणना गर्ने विषयमा भएको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगियो ।

गढी गाउँपालिका-१ को मधेलीस्थित मजदुर किसान माविको बुथमा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभामा भेटिएपछि विवाद बढेको हो ।

सुनसरी क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत उमाकान्त पौडेलले पहिलो चरणको सर्वदलीय बैठकमा दलहरूका बीचमा विवाद भएपछि स्थागित भएको बताए । उनले पुन: सर्वदलीय बैठकको तयारी भइरहेको बताए । सुनसरी क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका विजय गच्छदार र एमालेका भगवती चौधरी मुख्य प्रतिस्पर्धी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर