विश्वलाई अश्चर्यचकित बनाउने लक्ष्यसहित कतारले कसरी तयार गर्‍यो विश्वकप टोली ? – Nepal Press

विश्वलाई अश्चर्यचकित बनाउने लक्ष्यसहित कतारले कसरी तयार गर्‍यो विश्वकप टोली ?

दोहा । कतारसँग यसवर्ष विश्वकपका लागि ठूलो महत्वकांक्षा छ। विश्वकप सफलतापूर्वक आयोजना गर्ने मात्र हैन, राष्ट्रिय टिमले कत्तिको राम्रो प्रदर्शन गर्न सक्छ र कस्तो उपब्धि हासिल गर्नसक्छ भन्नेमा पनि उनिहरु सचेत भएर लागि परेका थिए।

यो विश्वकप २०२२ विश्व फुटबलको महाकुम्भमा कतारको पहिलो उपस्थिती हुनेछ । आयोजकको हैसियतले छनोट भएको कतारको समूह चरण पार गर्नु न्यूनतम लक्ष्य हो । फुटबलमा सानो इतिहास भएको र लेस्टर सिटीभन्दा कम जनसंख्या भएको देशका लागि पक्कैपनि यो उच्च महत्वकांक्षा जस्तो लाग्न सक्छ ।

कतार एसियन च्याम्पियन हो । यस क्षणको निर्माणका लागि उसले कम्तिमा एक पुस्ता निर्माणको खर्च गरेको छ । कतारले कसरी विश्वलाई चकित पार्न र नकआउट चरणसम्म पुग्न सक्षम छ  भन्ने कुराको विश्वास गर्ने फुटबल टिम बनाएको छ त?

विश्वकप प्रस्ताव अघिनै तयारी सुरु भएको थियो

सन् २०१० मा विश्वकप आयोजना गर्ने जिम्मा कतारले पाएपछि सारा दुनिया चकित भएको थियो । नैतिक दृष्टिकोणबाट मात्रै हैन फुटबलका दृष्टिकोणबाट पनि विभिन्न प्रश्नहरु उठे । थोरै फुटबल सम्पदा भएको देशले कसरी विश्वकप आयोजना गर्छ भनेर विवादहरु उत्पन्न हुन थालेका थिए ।

कतारले सन् १९७० सम्म औपचारिक खेल खेलेको थिएन । उनीहरुको खेलाडीहरुको सानो समूह छ । कतारमा २९ लाख मानिस बस्छन् तर ती मध्ये तीन लाख मात्रै कतारी नागरिक हुन् ।

‘नागरिकता प्राप्तीका लागि कतारको नियम कडा छ । यदि कोहि नागरिक कतारमा जन्मिएको छ, तर उसका बुवा आमा कतारी नागरिक नभए उसलाई नागरिकता प्राप्तीको कुनै अधिकार रहँदैन ।’ सामाजिक मानवशास्त्री र इनसाइड कतारका लेखक जोन म्याकम्यानसले बीबीसीलाई भने ।

सिमित संख्यामा खेलाडी उपलब्ध हुने चुनौतीहरुका बावजुद, कतारले केहि दशकयता केही उल्लेखनीय परिणामहरु निकाल्यो । सन् १९८१मा अष्ट्रेलियामा आयोजना भएको युथ विश्व च्याम्पियनसिप फाइनल पुग्न कतारले ब्राजिल र इङल्यान्डलाई पराजित गर्यो । सन् १९९० को सुरुआतमा गल्फ कपको उपाधि जित्नु अघि बार्सिलोना ओलम्पिकको क्वार्टरफाइनल पुग्यो ।

विगतका दशकहरुमा ब्राजिलियन प्रशिक्षकको नेतृत्वमा केहि राम्रा नतिजा पाएको कतारले ओलम्पिक र गल्फ कपको सफलता सेवास्तियो लापोलाको नेतृत्वमा पायो । कतारले उनीहरुको खेल्ने टिममा केहि दक्षिण अमेरिकी स्वभाव थप्न सकिन्छ की भनेर पनि प्रयास गर्यो ।

कतारको नागरिकता सम्बन्धी नियम कडा भएपनि सन् २००४ मा त्यतिबेला जर्मन बुन्डेसलिगाका महत्वपूर्ण खेलाडीहरु ब्राजिलियन ट्रियो एलटन, डेडे र लियान्ड्रोकालाई भित्र्याउन प्रयाश भएको थियो।

तीनै खेलाडीको कतारसँग कुनैपनि पूर्व सम्बन्ध थिएन । तर, उनीहरुलाई कतारको नागरिक बनाउने प्रयासलाई फिफाले रोक्यो । तीनै खेलाडी कतारि नागरिक हुनु अघि फिफाले नियम कडा बनाएको थियो । जहाँ कुनै पनि राष्ट्रको प्रतिनिधित्व गरेर खेल्ने खेलाडीले उक्त राष्ट्र सँगको सम्बन्ध के हो त्यो प्रष्ट पार्नु पथ्र्यो ।

‘कतारले खेलाडी भित्र्याउन खोजेको आधारमा फिफाले नियमहरु कडा बनायो र उनीहरुलाई प्रतिभा आयात गर्न अझ गाह्रो बनायो, अनि उनीहरुले रणनीति परिवर्तन गरे र आफुले पाएका कुराहरुलाई विकास गर्नमा ध्यान केन्द्रित गरे,’म्याकम्यानसले थपे।

दिर्घकालिन दृष्टि

कतारले अझैपनि नयाँ नियमअनुरुप खेलाडीहरु भित्र्याउने प्रयास गरिरहेको छ । उरुग्वेका सेबास्टेन सारियालाई सन् २००४ मा कतारि लिगमा खेल्नलाई आमन्त्रित गरिएको थियो।   दुई वर्षपछि उनले  कतारि नागरिक हुन आवश्यक योग्यताको मापदण्ड पुरा गरे। यही बाटोबाट  अन्य विदेशी खेलाडीहरु पनि कतार भित्रने क्रम सुरु भयो।

आफ्नै खेलाडीहरु विकास गर्ने क्षमतामा  पनि कतारले धेरै ध्यान केन्द्रित गरेको थियो । १८ वर्ष अगाडी (एक विलियन पाउन्ड) मा फुटबल र अन्य खेलहरुमा उत्कृष्ट खेलाडीहरुको खोजी गर्ने र उनीहरुको पालन पोषण गर्ने उद्देश्यका साथ एस्पायर एकेडेमीको स्थापना भयो। एस्पायर एकेडेमीका खेलाडी मुताज एसा ब्रसिमले टोक्यो ओलम्पिकमा हाई जम्पमा स्वर्ण जितेका थिए । फुटबल एकेडेमीले कतारमा वार्षिक रुपमा  ११ वर्षका ५ हजार  बाल बालिकाहरुलाई स्काउट गर्ने गर्छ । त्यमसा सबैभन्दा आशाजनक प्रतिभालाई शिक्षा सहित अनुदान दिने र सातवर्ष अझै फुटबल प्रशिक्षण लिने मौका उनिहरुलाई प्राप्त हुन्छ।

एकेडेमीले युरोपका उत्कृष्ट र प्रभावित प्रशिक्षकहरुलाई प्रयोग गर्छ । फेलिक्स सान्चेज बार्सिलोनाको प्रशिद्ध ला मासिया एकेडेमीका युवा प्रशिक्षक थिए । उनी २००६मा एस्पायरमा अनुबन्ध भए । एउटै खेलाडीहरुसँग उमेर समूहहरु मार्फत कतारको यू–१९, यु–२३ र अहिले सिनियर टिमको व्यवस्थापन सम्हालिरहेका छन् ।

प्रशिक्षक र खेलाडीबीचको निरन्तरता र चिनजान महत्वपूर्ण हुन्छ । कतारको अहिलेको टिमका सदस्यहरुले  सँगै जितेका छन्, उनीहरु सँगै हुर्किएका छन् । करिब दुई दशक अघि स्थापित फाउन्डेसनले टिमलाई सहि बाटोमा ल्याएको छ किनकी उनीहरु अहिले फिफा वरीयतामा ५०औं स्थानमा रहँदै र एसियाली च्याम्पियनको हैसियतले विश्वकप पुगेका छन् । ‘हो कतारले धेरै लगानी गरेको छ त्यहि पनि अझै धेरै गर्न बाँकी छ । उनीहरुले चाँडो समाधानहरु खोज्न छोडे र अहिले त्यसको नतिजा देखिरहेका छन्,’ म्याकमानसले भने ।

‘एसियन कप जितेपछि हाम्रो प्रदर्शन अझै सुधार र विकास गर्ने लक्ष्य पुरा भएको छ । हाम्रो समूह एकदमै कठिन समूह हो तर हाम्रो लागि अर्को चरणमा पुग्न सबै सम्भव छ,’म्याकमानसले थपे, ‘ ‘फुटबल आश्चर्यले भरिएको छ र हामी आशा गछौं कि हामी आश्चर्यचकित हुन सक्छौं । म कतार राष्ट्रिय टिमले विश्वलाई चकित पार्ने आशा गर्छु।’

आयोजक कतारले नेपाली समयअनुसार अल बायट रंगाशालामा राती ९ः४५ मा इक्वेडरविरुद्ध उद्घाटन खेल खेल्दैछ । समूह ए मा कतार र इक्वेडरसँगै सेनेगल र नेदरल्यान्डस् रहेका छन् ।

 

(बीबीसी अनलाइनमा प्रकाशित समाचारको सम्पादित अंश)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर