प्रदेश १ मा ६० प्रतिशत मत खस्यो, एउटा मतदान केन्द्रमा स्थगित – Nepal Press

प्रदेश १ मा ६० प्रतिशत मत खस्यो, एउटा मतदान केन्द्रमा स्थगित

विराटनगर । प्रदेश १ मा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ । करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिए ।

उनका अनुसार प्रदेश १ मा १ हजार ८९७ मतदानस्थल र ४ हजार ९९ वटा मतदान केन्द्र रहेका छन् । मतदान सम्पन्न गराउन प्रदेशमा ३२ हजार ७९२ जना कर्मचारी र १६ हजार ३९६ जना स्वयंसेवक परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै सुरक्षाका लागि प्रदेश १ मा नेपाल प्रहरी र म्यादी ३१ हजार १२२ जना परिचालन भएका छन् ।

ताप्लेजुङको आठराई त्रिवेणीमा मतदान स्थगित

प्रदेश १ मा ताप्लेजुङको आठराई त्रिवेणीको मतदान केन्द्रको मतदान स्थगित भएको छ । आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र फूलबारीमा दिउँसो ३ बजेपछि मतदान अवरुद्ध भएको हो ।

एमाले र सत्ता गठबन्धनका कार्यकर्ताहरूको विवादका कारण मतदान स्थगित गरिएको हो । त्यहाँ २८ प्रतिशतमात्रै मतदान भएको प्रदेश १ का प्रहरी प्रमुख सुदीप गिरीले बताए ।

दुवै पक्षका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायरसमेत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर