सूर्यकुमार यादवको आक्रामक शतकमा न्युजिल्यान्डमाथि भारतको सहज जीत   – Nepal Press

सूर्यकुमार यादवको आक्रामक शतकमा न्युजिल्यान्डमाथि भारतको सहज जीत  

नयाँ दिल्ली । भारतले न्युजिल्यान्डविरुद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा ६५ रनको जीत हात पारेको छ।

भारतको भ्रमणमा रहेको न्युजिल्यान्डले १९२ रनको लक्ष्य पछ्याउने क्रममा ७ बल बाँकी रहँदा सबै विकेट गुमाएर १२६ रनमात्र जोड्न सक्यो ।

न्युजिल्यान्डलाई सस्तोमा समेट्न भारतका दीपक हुड्डाले ४ तथा मोहम्मद सिराज र ज्युभेन्द्र चाहलले २/२ विकेट लिए । भुवनेश्वर कुमार र वासिङ्टन सुन्दरले एकएक विकेट हात पारे ।

न्युजिल्यान्डका कप्तान केन विलियम्सन एक्लैले ६१ रन बनाए । न्युजिल्यान्डले दुई रनका लागि अन्तिम चार विकेट गुमाएको थियो। ५६ रन जोड्दा एक विकेटको अवस्थामा रहेको न्युजिल्यान्ड त्यसपछि लगातार दबाबमा आएको थियो । हुड्डाले २.५ ओभरमा केवल १० रन खर्चिएका थिए ।

त्यसअघि भारतको पालीमा सूर्यकुमार यादवले शतक बनाएका थिए । उनले १११ रन जोडे । इसन किसनले ३६ रन जोडे ।

सूर्यकुमारले ५१ बलमा ७ छक्का र ११ चौका प्रहार गरेका थिए । उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो शतक बनाएका हुन् । ४१ खेल खेल्ने क्रममा उनले १२ अर्धशतक पनि बनाएका छन् । सूर्यकुमार हाल टी-२० अन्तर्राष्ट्रिय क्रिकेटअन्तर्गत ब्याट्सम्यानको विश्व वरियतामा पहिलो नम्बरमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर