भोजपुरमा अहिलेसम्म ३२ प्रतिशत मत खस्यो – Nepal Press

भोजपुरमा अहिलेसम्म ३२ प्रतिशत मत खस्यो

भोजपुर । भोजपुरमा दिउँसो २ बजेसम्म ३२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

भोजपुर कारागारमा रहेका ५७ जना कैदीबन्दीले पनि भोट हालिसकेको निर्वाचन कार्यालयका प्रमुख तोपलाल भुसालले बताए ।

भोजपुरमा एक लाख २३ हजार तीन सय ७९ मतदाता संख्या रहेको छ । भोजपुरको प्रतिनिधिसभातर्फ एमालेबाट प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राई र गठबन्धनबाट माओवादीका सुदन किराती मैदानमा छन् ।

त्यस्तै प्रदेशसभा १ मा प्रदेश १ का मुख्यमन्त्री नेकपा एसका सचिव राजेन्द्रकुमार राई र एमालेका हरिबहादुर राईबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेशसभा २ मा कांग्रेस जिल्ला सभापति र एमालेबाट खड्गबहादुर कार्की ‘प्रेम’ मुख्य प्रतिस्पर्धी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर