कर्णालीमा खस्यो २० प्रतिशत मत – Nepal Press

कर्णालीमा खस्यो २० प्रतिशत मत

सुर्खेत । जारी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कर्णालीमा करिब २० प्रतिशत मत खसेको छ । १० जिल्लामा हालसम्म १० देखि २० प्रतिशतको हाराहारीमा मत खसेको जिल्ला निर्वाचन अधिकारीहरुले जनाएका छन् ।

जसअनुसार हिमाली जिल्ला डोल्पामा ५, मुगुमा १८ र हुम्लामा २० प्रतिशत मत खसेको छ । यस्तै, सल्यानमा १५, रुकुम पश्चिममा १५ र जाजरकोटमा ११ प्रतिशत मत खसेको छ । दैलेखमा १५ प्रतिशत खसेको छ भने सुर्खेतमा सबैभन्दा बढी ४० प्रतिशत मत खसेको छ ।

कर्णालीमा १० लाख ८ हजार ४ सय ३ मतदाता रहेका छन् भने झन्डै ८ देखि ९ लाखसम्म मत खस्ने अनुमान रहेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर