भोट हालेपछि ओलीको दाबी- मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्छ (भिडिओ) – Nepal Press

भोट हालेपछि ओलीको दाबी- मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्छ (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट भोट हालेपछि उनले मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्ने बताए ।

उनले भने, ‘मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्छ । हामी बहुमत ल्याउँछौँ । अहिले सहकार्य गरेको दलहरू मिलेर सरकार बनाउँछौं ।’

नयाँ दलहरू राष्ट्रिय दल बन्ने नदेखेको उनको दाबी छ ।

ओलीले उत्साह र शान्तिपूर्णरूपमा निर्वाचन भइरहेको बताए । उनले अहिलेसम्म मतदान नगरेकाहरूलाई मतदान केन्द्रमा गएर मतदान गर्न आग्रहसमेत गरे ।

‘आफूलाई मन परेको पार्टी र उम्मेदवारलाई मत हाल्नुहोस् । तर, मतदान प्रक्रियामा सहभागी चाहिँ हुनुहोस्’, ओलीको भनाइ थियो ।

यो निर्वाचन देशका लागि महत्वपूर्णरूपमा लिएको भन्दै उनले थपे, ‘निर्वाचनलाई देशका लागि सकारात्मका कोशेढुंगाको रूपमा यसले काम गर्छ भन्ने विश्वास गरेको छु । एमालेले बहुमत ल्याउँछ भन्ने आँकलन गरेको छु । अहिलेसम्म पनि त्यही देखेको छु उनले भने ।

एमालेको राम्रो नतिजा आउने देखेपनि विभिन्न शक्तिहरूले त्यसका विरुद्ध लागेको ओलीले बताए । जनता र युवालाई भड्काउने र सही राजनीतिक दिशाविमुख गरेको उनको टिप्पणी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर