प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरूले यसरी गरे मतदान (तस्बिरहरू) – Nepal Press

प्रधानमन्त्री देउवासहित शीर्ष नेताहरूले यसरी गरे मतदान (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावअन्तर्गत अहिले मतदान जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूले मतदान गरेका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेल्धुरा गन्यापधुरा गाउँपालिका-१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।

डडेलधुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेको देउवा केही दिनदेखि डडेलधुरामै थिए। विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनबाट मतदान गरेका छन्।

शनिबार नै चितवन पुगेका प्रचण्डले भरतपुर महानगरपालिका-१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान मतदान गरेका हुन्। चितवनमा मतदान गरेलगत्तै अहिले आफू निर्वाचन लडेको गोरखा २ मा पुगिसकेका छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका-२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गरेका छन् ।

सोही पार्टीका नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका-९ को राष्ट्रिय निमावि फिक्कल, रामफोक मतदान केन्द्रमा मतदान गरेका छन्।

त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास-२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गरेका छन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौं-३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गरेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका-९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन् ।

कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं-१६ पकनाजोलस्थित नेपाल युवक माविको मतदान केन्द्रमा मतदान गरेका छन्। भने, कांग्रेस नेता शेखर कोइरालाले विराटनगर-७ को आर्दश विद्यालयमा मतदान गरेका छन्।

यस्तै, अर्थमन्त्री जनार्दन शर्माले यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका-५ सेरीगाँउ रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गरेका छन्। भने, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका-८ जौबारीको परोपकार आर्दश मावि क मतदान गरे।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले रोल्पा नगरपालिका लिवाङ-१ को वामरुपकस्थित तारा मावि रोल्पाबाट मतदान गरेका छन्।

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन क्षेत्र नं १ को राप्ती-५ भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गरे। उनी चितवन क्षेत्र नं १ मा एमालेका तर्फबाट उम्मेदवार छन्।

एमालेका महासचिव शंकर पोखरेल दाङको तुलसीपुर-१९ को जनता विद्यापीठ मतदान केन्द्रबाट गरे मतदान गरेका छन् । भने, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी केन्द्रमा मतदान गरेका छन्।

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट सेतीदेवी पन्चकन्या माविको मतदान केन्द्रबाट गरे मतदान गरे।

भने, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिका ७ राम्जास्थित पशुपति मावि ‘क’ केन्द्रबाट गरे मतदान गरेका छन्।

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बराह क्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित मतदान केन्द्रमा मतदान गरेका छन्। भने, गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा–८ स्थित ज्योति आधारभूत विद्यालयमा मतदान गरेका छन्।

यी बाहेक अधिकांश शीर्ष तथा उम्मेदवार बनेका नेताहरूले मतदान गरिसकेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्न बाँकी छ । झापा-५ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका ओली भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ बाट मतदान गर्दैछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर