लुम्बिनीका प्रभावशाली नेताहरुले कहाँबाट गर्दैछन् मतदान ? – Nepal Press

लुम्बिनीका प्रभावशाली नेताहरुले कहाँबाट गर्दैछन् मतदान ?

कुन कुन उम्मेदवारले पाउँदैनन् आफैलाई भोट दिन ?

रुपन्देही । लुम्बिनी प्रदेशका प्रभावशाली नेताहरू अधिकांश उम्मेदवार नै छन् भने उम्मेदवार नभएकाहरु पनि मतदानको लागि गृहजिल्ला आइपुगेका छन् ।

उम्मेदवार बनेहरु पहिलेदेखि नै गृहक्षेत्रमा आइसकेका छन् भने उम्मेदार नबनेका नेताहरु पनि आफ्ना उम्मेदवारलाई जिताउन गृहनगरमा पुगिसकेका छन् । प्रभावशाली नेताहरूले  बिहान सुरु हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा मतदान गर्दैछन् ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले रुपन्देही क्षेत्र नं २ बाट उम्मेदार छन् । शुक्रवार बिहान ७ बजे रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान स्थलमा मतदान गर्नेछन् । उनीसँगै प्रदेश सभाका उम्मेदार भोजप्रसाद श्रेष्ठले पनि सोही मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

त्यस्तै गृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदार रहेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित वडानम्बर ८ को ज्योति आधारभूत स्कूलमा उनले मतदान गर्नेछन् । तर उनको आफैलाई मतदान गर्न पाउने छैनन् । उनको मतदान गर्ने क्षेत्र १ नं मा रहेको छ ।

त्यस्तै एमाले छाडेर सत्ता गठबन्धनको तर्फबाट रुपन्देही १ बाट उम्मेदवारी दिएका नेता घनश्याम भुसालले रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडानम्बर ९ को विश्वशान्ति आधारभुत स्कूलको मतदान स्थलबाट मतदान गर्नेछन् ।

एमाले महासचिव शंकर पोखरेल दाङको क्षेत्र नं २ बाट उम्मेदवार छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को जनता विद्यापीठ मावि विजौरीमा उनले सुरुमै मतदान गर्नेछन् । यो उनको आफ्नै हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली गुल्मीको क्षेत्र नं १ बाट उम्मेदार छन् । उनले आफ्नै क्षेत्रस्थित रुरु गाउँपालिका वडा नम्बर ४ बलेटक्सारको ज्ञवा माविबाट मतदान गर्नेछन् । यहाँबाट कांग्रेस नेता चन्द्र भण्डारी उम्मेदवार छन् । भण्डारीले गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर १ हुंगाको जनजागृति माविमा मतदान गर्नेछन् । यो उनको आफ्नै क्षेत्र हो ।

त्यस्तै एमाले सचिव गोकर्ण विष्ट गुल्मीको क्षेत्र नं २ बाट उम्मेदार छन् । उनले आफ्नै क्षेत्रको इस्मा गाउँपालिका वडा नम्बर ४ रामराज्य माविबाट मतदान गर्नेछन् । यहाँबाट नेकपा एसकी सचिव रामकुमारी झाँक्री उम्मेदार छन् उनले पनि आफ्नै क्षेत्रको मदाने गाउँपालिकाको म्यालपोखरी माविबाट मतदान गर्नेछिन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर बाँकेको क्षेत्र नं ३ मा उम्मेदार छन् तर उनी आफैले आफैलाई मतदान गर्न पाउने छैनन् । उनले बर्दियाको राजापुर नगरपालिका वडा नं ६ स्थित नेपाल राष्ट्रिय प्राविबाट मतदान गर्नेछन् ।

एमाले सचिव छविलाल विश्वकर्मा रुपन्देही क्षेत्र नं १ मा उम्मेदार छन् । तर उनले आफैलाई मतदान गर्न पाउने छैनन् । उनले रुपन्देही २ स्थित बुटवल ११ को लुम्बिनी वाणिज्य क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

त्यस्तै एमालेका अर्का सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीबाट उम्मेदार छन् । उनले आफ्नै क्षेत्रको सन्धिखर्क नगरपालिका वडा ९ को अर्घारजस्थल माविबाट मतदान गर्नेछन् । यहाँबाट नेपाली कांग्रेसबाट उम्मेदार बनेकी पुष्पा भुसालले पनि आफ्नै क्षेत्रबाट मतदान गर्नेछिन् ।

लुम्बिनीमा नेकपा एसका नेता सोमप्रसाद पाण्डे पाल्पा २ र मेटमणि चौधरी दाङ १ बाट उम्मेदार छन् । उनीहरुले सोही क्षेत्रबाट मतदान गर्नेछन् । माओवादी सचिव चन्द्रप्रकाश खनाल बलदेव कपिलवस्तु १ बाट उम्मेदार छन् उनले सोही क्षेत्रबाट मतदान गर्नेछन् ।

त्यसैगरी जसपा नेता तथा पूर्वमन्त्री इस्तियाक राईले बाँकेको २ बाट उम्मेदार छन् । उनले नेपालगन्ज उपमहानगरपालिका वडा नं १५ को हनुमान आधारभूत विद्यालयबाट मतदान गर्नेछन् भने जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेस त्रिपाठीले पश्चिमनवलपरासीको प्रतापपुर गाउँपालिका ६ जनजागृति माविबाट मतदान गर्नेछन् ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल प्युठानबाट उम्मेदार छन् । उनले आफ्नै क्षेत्रको ओखरकोट ५ बाट मतदान गर्नेछिन् । तर उनका श्रीमान नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले मतदाता नामावलीमा नाम नभएकाले मतदान गर्न पाउने छैनन् । त्यसैगरी जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले दाङको क्षेत्र नं १ गढवाबाट मतदान गर्नेछन् ।

कांग्रेस नेता देवेन्द्रराज कंडेलले पश्चिम नवलपरासीको क्षेत्र नं २ बाट उम्मेदार छन् । उनले पालिनन्दन गाउँपालिका १ बालशिक्षा निकेतन सुनरीबाट मतदान गर्नेछन् ।

त्यसैगरी राप्रपाका महामन्त्री धवलशमसेर जबराले बाँकेको नेपालगन्ज १० जिल्ला बनकार्यालयको बुथबाट तथा नेता दीपक बोहोराले रुपन्देहीको सिनपा वडा नं ३ स्थित खजहना आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नेछन् । जबरा बाँकेको २ बाट र बोहोरा रुपन्देहीको ३ बाट उम्मेदार छन् ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव तथा रोल्पाका उम्मेदार वर्षमान पुनसहित लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पाबाट मतदान गर्नेछन् ।

महराले रोल्पा नगरपालिका १ स्थित दामरुक तारा माध्यमिक विद्यालयबाट वर्षमानले सोही नगरकै वडानम्बर ७ माडिचौरको बाल उदय माध्यमिक विद्यालयबाट मतदान गर्ने छन् । लुम्बिनीका मुख्यमन्त्री केसीले रोल्पा नगर ६ स्थित कोटगाउँ मतदान गर्नेबाट मतदान गर्नेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर