देशभर मतदान सुरू – Nepal Press

देशभर मतदान सुरू

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदान सुरू भएको छ । देशभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान केन्द्रमा एकैसाथ मतदान सुरू भएको हो ।

मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म चल्नेछ । यसपटक १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । जसमा ९१ लाख ४० हजार ८०६, ८८ लाख ४७ हजार ५७९ महिला मतदाता रहेका छन् । १८५ अन्य मतदाता छन् भने ४ लाख ५० हजार अस्थायी मतदाता छन् ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रका लागि ६१ राजनीतिक दल र स्वतन्त्रबाट २ हजार ४१२ जना उम्मेदवार मैदानमा छन् । समानुपातिकतर्फ ११० सिटका लागि ४७ राजनीतिक दलबाट २ हजार १९९ जनाको नाम बन्दसूचीमा छ ।

यस्तै प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० वटा निर्वाचन क्षेत्रका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरेर ३ हजार २२४ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमा २ हजार ९४३ पुरुष रहेका छन् भने १ हजार १८७ महिला रहेका छन् । जसमध्ये विभिन्न राजनीतिक दलबाट २ हजार १३० जना उम्मेदवार रहेका छन् भने १ हजार ९४ स्वतन्त्रबाट उम्मेदवार रहेका छन् ।

प्रदेश सभाको समानुपातिकतर्फ २२० सिटका लागि विभिन्न राजनीतिक दलबाट ३ हजार ७०८ जनाको नाम बन्दसूचीमा रहेको छ ।

चुनाव सुरक्षार्थ ७४ हजार ८४९ नेपाली सेना, ७१ हजार ६९३ नेपाली प्रहरी, ३५ हजार ११६ सशस्त्र प्रहरी बल, १ हजार ८२१ जना राष्ट्रिय अनुसन्धान विभागबाट र १ लाख १५ हजार म्यादी प्रहरी खटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर