आरोप पुष्टि गर्न चुनौती दिँदै दीपकले भने- बरामद केही छ भने प्रमाण ल्याउनुस् – Nepal Press

आरोप पुष्टि गर्न चुनौती दिँदै दीपकले भने- बरामद केही छ भने प्रमाण ल्याउनुस्

काठमाडौं । नेकपा एमालेका प्रदेशसभा उम्मेदवार दीपक निरौलाले पैसा बाँडेको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । काठमाडाैं क्षेत्र नम्बर ५ (२) बाट उम्मेदवार रहेका निरौलाको सचिवालयले एक विज्ञप्ति जारी गर्दै यस्तो चुनौती दिएको हो ।

एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर ५ ले क्यान्सर रोगबाट पीडित तोक्मान लामालाई भेट्न गएको विषयलाई अनावश्यक प्रचार गरिएकोमा भर्त्सना गरेको छ । क्यान्सर पीडित लामाले निरौला खाली हात आफूलाई भेट्न आएको बताएका छन् ।

उनले भने, ‘दीपक भाइ आउनुभएको थियो । के छ तपाईँको खबर भनेर सोध्नुभयो । अस्ति नै आउँछु भनेको आउन पाइएन, आज आए भन्नुभयो । अनि उहाँको फोन आयो फोनमा कुरा गर्न थाल्नुभयो । खाली हात आउनुभएको हो । कुनै पर्चा पनि ल्याउनुभएको छैन । केही भन्नुभएको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर