महाकवि देवकोटा मावि मतदान केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मीसम्म सबै महिला – Nepal Press

महाकवि देवकोटा मावि मतदान केन्द्रमा कर्मचारीदेखि सुरक्षाकर्मीसम्म सबै महिला

बर्दिया । बर्दियाको एक मतदान स्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटिएका छन् ।

गुलरिया नगरपालिका–८ महाकवि देवकोटा माविमा महिला मात्रै कार्यरत रहेको नमुना मतदान केन्द्रका मतदान अधिकृत रेविका अमात्यले जानकारी दिइन् ।

‘मतदान केन्द्र र स्थलमा गरी अधिकृतसहित २४ कर्मचारी र सुरक्षाका लागि १४ महिला सुरक्षाकर्मी खटिनु भएको छ’‚ उनले भनिन् ।

जिल्लामा करिब तीन हजार पाँच सय सुरक्षाकर्मी र झन्डै तीन हजार कर्मचारी खटिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको भनाइ छ ।

जिल्लामा कुल तीन लाख १५ हजार २८४ मतदाता छन् । जिल्लामा १५४ मतदान स्थल र ३७६ मतदान केन्द्र छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर