प्रचण्ड सचिवालयको प्रष्टीकरण- अत्तालिएका गिरोहले भ्रम फैलाए, गठबन्धनको उद्देश्यमा प्रतिबद्ध छौँ – Nepal Press

प्रचण्ड सचिवालयको प्रष्टीकरण- अत्तालिएका गिरोहले भ्रम फैलाए, गठबन्धनको उद्देश्यमा प्रतिबद्ध छौँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले सामाजिक सञ्जालमा गठबन्धनप्रति फैलाएको भ्रमप्रति आपत्ति जनाएको छ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले लोकतान्त्रिक मूल्य, मान्यता, विधिको शासन र स्वतन्त्र निर्वाचन प्रणालीमाथि चुनौती दिँदै, अपराधी गिरोहद्वारा निर्वाचन आचारसंहिता कुल्चिएको आरोप लगाए।

उनले फेसबुकमा लेखेका छन्, ‘लोकतान्त्रिक मूल्य, मान्यता, विधिको शासन र स्वतन्त्र निर्वाचन प्रणालीमाथि चुनौती दिँदै, निर्वाचनको सम्भावित परिणामबाट अत्तालिएका, घोर षड्यन्त्रकारी, अलोकतान्त्रिक र अपराधी गिरोहद्वारा निर्वाचन आचारसंहिता कुल्चिएको छ।’

नेपालका केहि स्थापित अनलाइन न्युज पोर्टलहरूको नक्कली फोटोसप तयार गरी गठबन्धन सम्बद्ध दलहरूबिच आपसी अविश्वास र जनस्तरमा भ्रम सिर्जना गर्ने उद्देश्यले खडा गरिएको कु प्रचारको घोर निन्दा र भर्त्सना गरेको उल्लेख गरेका छन्।

उनले गठबन्धन आफ्नो उद्देश्यप्रति प्रतिबद्ध भएको प्रष्ट पारेका छन्।

हामी गठबन्धनको उद्देश्यमा प्रतिबद्ध छौँ । यो दुष्प्रचारमा संलग्न दोषी माथि तत्काल कारबाही गर्न निर्वाचन आयोग र सरोकारवाला सबैमा हार्दिक आग्रह गर्दछौुं उनले भनेका छन्।

उनले दोषीलाई कारबाही गर्न माग समेत गरेका छन्। निर्वाचन निर्वाचन आयोग र सरोकारवाला सबै दुष्प्रचारमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।

उनले भनेका छन्, ‘ज जसको न्युज पोर्टल दुरुपयोग गरिएको छ। ती संचार माध्यमका साथीहरूलाई यसको खण्डन गर्न र यस प्रकारको अपराधमा संलग्नलाई कठघरामा उभ्याउन समुचित पहलको लागी पनि अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर