नेपाल टी -२० लिगकाे खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा काठमाडौं र पाेखरा भिड्ने – Nepal Press

नेपाल टी -२० लिगकाे खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा काठमाडौं र पाेखरा भिड्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयाेजना गर्ने आधिकारिक क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक भएको छ ।

क्यानले शुक्रबार सार्वजनिक गरेको खेल तालिका अनुसार डिसेम्बर १२(मंसिर २६) बाट सुरू हुने प्रतियाेगिताकाे उद्घाटन खेलमा काठमाडौं गाेर्खाज र पाेखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

पहिलाे संस्करणकाे लिगका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

मंसिर २६ बाट पुस १६ सम्म आयाेजना हुने प्रतियाेगितामा काठमाडौं गोर्खाज,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार गरि ६ टिमकाे सहभागिता रहेकाे छ ।

कुल ३४ खेल हुने प्रतियाेगिता डबल राउन्डमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर