त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गर्ने ४० जनाभन्दा बढी पक्राउ – Nepal Press

त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गर्ने ४० जनाभन्दा बढी पक्राउ

काठमाडौं । त्रिवि क्रिकेट मैदानबाट सट्टेबाजी गरेको आरोपमा प्रहरीले ४० जना पक्राउ गरेको छ ।

नेपाल र युएईबीच भइरहेको खेलमा  बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

बेटिङमा संलग्न रहेको आशंकामा  ४० जनाभन्दा बढीलाई पक्राउ गरेकाे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएकाे छ ।

कीर्तिपुर प्रहरी वृत्तमा राखेर स्क्रिनिङको काम भइरहेको सीआईबी स्रोतले बतायो। ‘ नियन्त्रणमा लिएका सबै जना संलग्न नहुन सक्छन्। त्यही छुट्याउने काम भइरहेको छ’ सीआईबीका एक उच्च अधिकारीले भने।  पक्राउ परेकाहरुबाट माेबाइल र  रकम  बरामद गरेकाे छ ।

तस्बिर: उमेश कार्की 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *