यूएईविरूद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, करण बेन्चमा – Nepal Press

यूएईविरूद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, करण बेन्चमा

काठमाडौं । एकदिवसीय शृङ्खलाको निर्णायक खेलमा नेपालले युएईलेविरूद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरू हुने खेलमा नेपालले टिममा एक परिवर्तन गरेको छ । करण केसीलाई बेन्चमा राख्दै हिर शंकर शाहलाई टिममा समावेश गरेको छ ।

पहिलो खेलमा यूएईले नेपाललाई ८४ रनले पराजित गरेको थियो । भने, दोस्रो खेलमा ३ विकेटले नेपाल विजयी हुँदै तीन खेलको श्रृङखला १(१ को बराबरी गरेको थियो ।

आजकाे खेलमा विजयी हुने टिमले श्रृङखलाकाे उपाधि उचाल्ने छ ।

नेपालकाे प्लेइङ ११: राेहित पाैडेल(कप्तान), आसिफ शेख, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल,कुशल भुर्तेल, दिपेन्द्र सिंह एरी, आरिफ शेख, साेमपाल कामी, हरिशंकर शाह, ललित रावुजवंशी, गुलसन झा,

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर