कास्कीमा कांग्रेस वडा सभापतिसहित ५० जना एमाले प्रवेश – Nepal Press

कास्कीमा कांग्रेस वडा सभापतिसहित ५० जना एमाले प्रवेश

पोखरा । कास्कीको पोखरा महानगरपालिका ३१ का कांग्रेस सभापतिसहित ५० जना एमाले प्रवेश गरेका छन् । उक्त वडाको पार्टी सभापति महेश पौडेल चुनावको मुखैमा बिहीबार नेकपा एमाले प्रवेश गरेका हुन् ।

पौडेलसहित कांग्रेसनिकट तरुण दल जिल्ला सदस्य तथा बेगनास क्लबका पूर्वअध्यक्ष समाजसेवी राम रानाभाट र माओवादी केन्द्र निकट वाइसिएल पोखरा–३१ का अध्यक्ष हरि नेपाली पनि एमाले प्रवेश गरेका छन् ।

यी ३ जनासहित विभिन्न पार्टीका ५० जनालाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेलगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर