एकदिवसीय श्रृङखला : मालनको सतकका बाबजुत अष्ट्रेलियासँग ५ विकेटले हार्यो विश्वकप विजेता इङल्यान्ड – Nepal Press

एकदिवसीय श्रृङखला : मालनको सतकका बाबजुत अष्ट्रेलियासँग ५ विकेटले हार्यो विश्वकप विजेता इङल्यान्ड

काठमाडौं । विश्वकप विजेता इङल्यान्ड एकदिवसिय श्रृङखलाको पहिलो खेलमा अष्ट्रेलियासँग ६ विकेटले पराजित भएको छ । एडिलाइड ओभलमा इङल्यान्डले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ बल बाँकी रहँदा ४ विकेट गुमाउँदै १ सय ९१ रन बनाएर उत्कृष्ट जित निकाल्यो ।

अष्ट्रेलियाका स्टेभेन स्मिथले अविजित ८० रनको इनिङ खेले । ओपनर डेविड वार्नरले सर्वाधिक ८६ रनको योगदान गरे । ट्राभिस हेड ६९ रन जोडेर पभेलियन फर्किएक थिए । यस्तै, एलेक्स क्यारे २१ रनमा आउट हुँदा क्यामरुन ग्रिन २० रनमा अविजित रहे ।

इङल्यान्डका विलीले २ तथा जोर्डन र लेइम डसनले समान एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ थालेको इङल्यान्डले ५० ओभरमा डेविड मालनको सतक प्रेरित २ सय ८७ रनको योगफल तयार पारेको थियो ।

इङल्यान्डका लागि मालनले १ सय २८ बल खेल्दै १२ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक १ सय ३४ रनको योगदान गरेका थिए । कप्तान जोस बट्लर २९ रन बनाएर आउट हुँदा फिल साल्ट र क्रिस जार्डनले समान १४ रनको योगदान गरे साम विलिङ्ग्स १७ रनमा पभेलियन फर्कँदा डेविड विलि ३४ रनमा अविजित रहे ।

अष्ट्रेलियाको बलिङमा पात क्युमिन्स र एडम जाम्पाले सर्वाधिक ३÷३ विकेट लिए । भने, मिचेल मार्स मार्कस स्टोनिसले समान एक विकेट लिए । इङल्यान्डले गत आईतबार पाकिस्तानलाई हराउँदै आईसीसी टी–२० पुरुष विश्वकपको उपाधि जितेको थियो । आयोजक अष्ट्रेलियाभने समूह चरण बाटै बाहिरिएको थियो । दोस्रो एकदिवसीय खेलमा सनिबार अष्ट्रेलिया र इङल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर