फ्रान्सका यी चार स्ट्राइकर, यस्तो छ पछिल्लो लय – Nepal Press

फ्रान्सका यी चार स्ट्राइकर, यस्तो छ पछिल्लो लय

काठमाडौं । कतार विश्वकप सुरु हुन केही दिन मात्र बाँकी छ । प्रतियोगितामा सहभागी हुने ३२ टोलीले राष्ट्रिय टोली घोषणा गरिसकेका छन् । हरेक खेलमा प्रतिस्पर्धीको लक्ष्य रहने छ- कम गोल खाने, बढी गोल गर्ने ।

हरेक टीममा गोल गर्ने भूमिका रहने स्ट्राइकरहरुको बढी चर्चा हुन्छ । प्रतियोगिताका उपाधि दावेदार टोलीको अग्रपंक्तीबारे अब क्रमैसँग चर्चा गरिने छ । यसपटक फ्रान्सबारे चर्चा गरिएको छ । फ्रान्स प्रतियोगिताको साविक विजेता हो ।

साविक विजेता फ्रान्सको टोलीमा रहेकामध्ये सर्वाधिक गोल गर्ने खेलाडी ओलिभर जिरोउड हुन् । ३६ वर्षीय यी स्ट्राइकरले ११४ खेलमा ४९ गोल गरेका छन् । उनी फ्रान्सको सर्वकालीन सर्वाधिक गोलकर्तााका रुपमा थिएरी हेनरीको कीर्तिमान बराबरी गर्नबाट दुई गोलले मात्र पछाडि छन् ।

टोलीमा रहेका केलियन एमबाप्पेले ५९ खेलमा २८, करिम बेन्जेमाले ९७ खेलमा ३७ र एन्टोइन ग्रिजम्यानले ११० खेलमा ४२ गोल गरेका छन् ।

जिरोउडले यो सिजन क्लब फुटबलमा १९ खेलमा ९ गोल गरेका छन् । उनले सन् २०२२ मा राष्ट्रिय टोलीबाट ४ खेल खेल्दै ३ गोल गरेका छन् । यो सिजन उच्च लयमा रहेका खेलाडी भने एमबाप्पे हुन् । उनले क्लब फुटबलमा २० खेलमा १९ गोल गरेका छन् । यो सिजन उनी १२ गोलसहित फ्रान्सको लिग–१ का सर्वाधिक गोलकर्ता रहेका छन् । उनले सन् २०२२ मा राष्ट्रिय टोलीबाट ६ खेल खेल्दै ४ गोल गरेका छन् ।

ग्रिजम्यानले एट्लेटिको म्याड्रिडबाट यो सिजन २१ खेलमा ६ गोल गरेका छन् । बेलोन डीअर विजेता बेन्जेमाले रियल म्याड्रिडबाट १२ खेलमा ६ गोल गरेका छन् । सन् २०२२ मा बेन्जेमाले राष्ट्रिय टोलीबाट ३ खेलमा १ गोल गरेका छन् भने ग्रिजम्यानले ८ खेलमा एक गोल पनि गर्न सकेका छैनन् ।

यो सिजन बुन्डेस लिगामा १० गोलसहित दोस्रो सर्वाधिक गोलकर्ता रहेका मार्कस थुरमले पनि फ्रान्सको टोलीमा छन् । राष्ट्रिय टोलीबाट ८ खेल खेलिसके पनि एक गोल पनि गर्न सकेका छैनन् । १२ गोलसहित सर्वाधिक गोलकर्ता रहेका कुन्कु भने चोटका कारण विश्वकप गुमाउन पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर