कात्तिकमा पनि राजस्व संकलनको लक्ष्य पूरा भएन – Nepal Press

कात्तिकमा पनि राजस्व संकलनको लक्ष्य पूरा भएन

काठमाडौं । कात्तिक महिनामा २९ अर्ब ५ करोड ७८ लाख रुपैयाँ आन्तरिक राजस्व उठेको छ । यो लक्ष्यको ८० प्रतिशत हो । कात्तिकमा ३५ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो । सरकारले राजस्व संकलनको लक्ष्य भेट्टाउन सकेको छैन ।

कात्तिकमा ७ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ आयकर उठेको आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजु प्याकुरेलले जानकारी दिए । आयकर पनि लक्ष्य भन्दा कम उठेको हो । यो महिना ९ अर्ब ८१ करोड रुपैयाँ आयकर उठाउने लक्ष्य थियो ।

यस्तै घर बहालकर १२ करोड ३६ लाख ३३ हजार रुपैयाँ उठेको छ । यस्तै भयाटबाट ७ अर्ब ४४ करोड उठेको छ भने ८ अर्ब ३९ करोड रुपैयाँ अन्तशुल्क उठेको छ । साउनदेखि कात्तिक सम्म सरकारले १ खर्ब २४ अर्ब ८२ करोड ८० लाख रुपैयाँ आन्तरिक राजस्व संकलन भएको छ ।

आन्तरिक राजस्व विभागले मंसिर १ गतेदेखि कर दिवस मनाइरहेको छ । एकसातासम्म यो दिवस विभिन्न कार्यक्रम गरेर मनाइने विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *