मेस्सी र डी मारिया चम्किए, ३६ खेलमा अर्जेन्टिनाको अपराजित यात्रा – Nepal Press

मेस्सी र डी मारिया चम्किए, ३६ खेलमा अर्जेन्टिनाको अपराजित यात्रा

काठमाडौं । अर्जेन्टिनाले मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा बुधबार राति यूएईलाई ५–० गोलले हराएको छ। विश्वकपको तयारीका रुपमा खेलेको अर्जेन्टिनाका लागि एन्जेल डी मारियाले २ तथा लियोनल मेस्सी, जुलियान अल्भारेज र जोवाक्वेन कोरियाले एक एक गोल गरे।

डी मारिया र मेस्सीले एक एक असिस्ट पनि गरेका थिए। पहिलो हाफमै अर्जेन्टिना ४–० गोलले अगाडि बढेको थियो। यो जितसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रा ३६ खेलमा पुर्‍याएको छ।

अब एक खेलमा नहारे इटालीको ३७ खेलको विश्व कीर्तिमान बराबरी गर्ने छ। अर्जेन्टिनाले साउदी अरबसँग खेल्दै कतार विश्वकप यात्रा थाल्दै छ।

बुधबार राति भएका अन्य मैत्रिपूर्ण अन्तर्राष्ट्रिय खेलमा क्रोएसियाले साउदी अरबलाई १–०, जर्मनीले ओमानलाई १–०, पोल्यान्डले चिलीलाई १–० गोलले हराएको छ भने मेक्सिकोले स्वीडेनसँग २–१ गोलको हार ब्यहोरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर