‘द पोयट आइडल’ मा १५ सयबढी बाट कविहरूबाट ६४ जना छानिए – Nepal Press

‘द पोयट आइडल’ मा १५ सयबढी बाट कविहरूबाट ६४ जना छानिए

काठमाडौं । कविताको रियालिटी शो ‘द पोयट आइडल’मा १५ सय बढी डिजिटल अडिसनबाट १७५ हुँदै ६४ जना कविहरू छानिएका छन् ।

अब ६४ जनाबाट पनि १४ जना छानिएपछि एक एक जना शोबाट बाहिरिने जजसमेत रहेका कवि तथा गीतकार विप्लव प्रतीकले नेपाल प्रेसलाई बताए । उनले भने, ’छनोटको दुई तीन चरण पार गरिसकिएको छ । आयोजक प्रसारणको अन्तिम तयारीमा छ भन्ने खबर प्राप्त भएको छ ।’

आउँदो पुस ७ सातबाट प्रसारण हुने यस शोमा कविहरूको सहभागिता लोभलाग्दो रहेको प्रतीकको भनाइ छ । कार्यक्रममा प्रतीकसँगै नाट्यकर्मी अनुप बराल, कवि, लेखक तथा निर्देशक उपेन्द्र सुब्बा र अभिनेत्री सुरक्षा पन्त जजको रूपमा रहेका छन् ।

शोमा विजेता कविले १० लाख पुरस्कार प्राप्त गर्नेछन् । कविताको यस किसिमको रियालिटी शो नेपालमै पहिलोपटक हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *