यूएईमाथि नेपाल ३ विकेटले विजयी – Nepal Press

यूएईमाथि नेपाल ३ विकेटले विजयी

काठमाडौं । नेपालले यूएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृ‌ंखलाअन्तर्गत दोस्रो खेलमा ३ विकेटको कठिन जित हात पारेको छ।

त्रिवि क्रिकेट मैदानमा बुधबार एक सय ९२ रनको लक्ष्य पाएको नेपालका लागि मध्य र पछिल्लोक्रमका ब्याट्सम्यानले सम्हालिएर खेलेका थिए । यो जितपछि नेपालले शृ‌ंखला १-१ को बराबरीमा ल्याइपुर्‍याएको छ।

यूएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाएर १९३ रन बनायो । नेपालका लागि तल्लोक्रमका ब्याटर गुलसन झा र आरिफ शेखले महत्वपूर्ण इनिङ खेले । जसको मद्दतमा नेपालले युएईलाई हराउन सफल भयो । गुलसनले आरिफ सँग ६२ रनको साझेदारी गर्दै सर्वाधिक ३७ रनको योगदान गरे । आरिफ शेख ३३ रनमा अविजित रहे । ओपनर अर्जुन साउद शून्य रनमा आउट हुँदा आसिफ शेख ६ रन जोडेर पभेलियन फर्किएका थिए ।

त्यसपछि ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले नपालको इनिङ केहिबेर सम्हाले पनि कप्तान रोहित पौडेल ८ रन र दिपेन्द्रसिंह ऐरी १३ रनमा आउट भए । सोमपाल कामी १६ बलमा २ चौकासहित १६ रनमा अविजित रहे । यूएईको बलिङमा रोहन मुस्तफाले सर्वाधिक तीन विकेट लिए । यस्तै, हजरत बिलाल २ विकेट लिँदा बासिल हमेदले एक विकेट लिए ।

यसअघि, त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ४३.२ ओभरमा अलआउट हुँदै १ सय ९१ रनको योगफल तयार गर्यो । यूएईका लागि ओपनर मोहमद वासिमले सर्वाधिक ५० रनको योगदान गरे । उनले ४६ बलमा ३ चौका र ४ छक्का प्रहार गर्र्दै अर्धसतक बनाएर पभेलियन फर्किए । आलिसन शराफु ३५ रनमा आउट हुँदा वृत्य अरविन्दले २५ रन जोडे ।

बासिल हमेद २४ रनमा आउट हुँदा कप्तान चुुन्दाङपोयल रिजवानले २२ रनको योगदान गरे । भिस्नु सुकुम्रन १५ रन जोडेर पभेलियन फर्कँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन । नेपालको बलिङमा सोमपाल कामी र ललित नारायण राजवंशीले बैभन्दा धेरै ३/३विकेट लिए । यस्तै, करण केसी, गुलसन झा, दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान १ विकेट लिए । पहिलो खेलमा नेपाल यूएईसँग ८४ रनले पराजित भएको नेपाललाई श्रृङखला जित्ने आशा बचाई राख्न आजको खेल जित्नैपर्ने दवाव थियो ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर