म्यान युनाइटेड व्यवस्थापनलाई प्रशिक्षक हागले भने- रोनाल्डोलाई अब कहिल्यै खेलाउनु हुँदैन – Nepal Press

म्यान युनाइटेड व्यवस्थापनलाई प्रशिक्षक हागले भने- रोनाल्डोलाई अब कहिल्यै खेलाउनु हुँदैन

लन्डन । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टान हागले क्रिस्टियानो रोनाल्डोलाई अब क्लबले कहिल्यै खेलाउन नहुने सुझाव दिएका छन् ।

ईएसपीएनलाई उद्धृत गर्दै डेलीमेलले हागले म्यान युनाइटेडको व्यवस्थापनसँग रोनाल्डोलाई अब क्लबले कहिल्यै खेलाउन नहुने सुझाव दिएको उल्लेख गरेको छ ।

कतार विश्वकपमा सहभागी हुन जानुअघि रोनाल्डोले एक टेलिभिजन अन्तर्वार्तामा म्यान युनाइटेडले आफूलाई धोका दिएको र क्लब भद्रगोल भएको बताएका थिए ।

त्यसयता म्यान युनाइटेड व्यवस्थापन र रोनाल्डोबीच सम्बन्ध थप चिसिएको छ ।
रोनाल्डोको अन्तर्वार्ताका क्लिपहरु बाहिर आएपछि प्रशिक्षक हागले क्लब व्यवस्थापनसँग कुरा गर्दा परिवारसहित बिदामा जाने समयसमेत धकेलिएको डेलीमेलले उल्लेख गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर