पाकिस्तानका प्रशिक्षक अनवर भन्छन् – फिफाले प्रतिबन्ध लगाए पनि खेलाडीहरु फुटबलमै ब्यस्त थिए – Nepal Press

पाकिस्तानका प्रशिक्षक अनवर भन्छन् – फिफाले प्रतिबन्ध लगाए पनि खेलाडीहरु फुटबलमै ब्यस्त थिए

काठमाडौं । पाकिस्तान राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अनवर सहजादले पाकिस्तानलाई फिफाले प्रतिबन्ध लगाए पनि खेलाडीहरु सधैं फुटबलमै व्यस्त रहेको बताएका छन् ।

उनले बुधबार नेपालसँगको खेलअघि प्रि-म्याच कन्फरेन्समा बोल्दै भने, ‘फिफाले प्रतिबन्ध लगाएको समयमा स्थानीय आयोजकहरुले फुटबल आयोजना गर्ने गर्थे । हाम्रा खेलाडीहरु सधै‌ ब्यस्त नै रहे । तर, केही खेलाडी बाहिर रहेकाले टीम प्रशिक्षण भने दुई महिनामात्रै गरेका छौं ।’

यस्तै पाकिस्तानको मैत्रीपूर्ण खेल खेल्ने प्रस्ताव स्वीकार गरेकाेमा उनले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई धन्यवाद ज्ञापन गरे । दुई वर्ष प्रतिबन्धमा परे पनि टीमको तयारी राम्रो रहेको र खेलाडीहरु सेपमा रहेको प्रशिक्षक अनवरले बताए ।

उनले पाकिस्तानी टीमले नपालसँग निकै राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे । ‘तयारी राम्रो भएको छ । खेलाडीहरु स्थानीय क्लब र विदेशमा खेलिरहेका पनि थिए । प्रतिबन्धपछि पहिलो प्रतियोगिता हो । यो हाम्रा खेलाडी अनुसन्धान गर्ने अवसर पनि हो । हामीले नेपाल टीमसँग राम्रो प्रदर्शन गर्ने आशा गरेका छौं’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर