सप्तरी २ (२) : सत्ता गठबन्धनका यादवलाई स्वतन्त्र उम्मेदवार खड्गीको समर्थन – Nepal Press

सप्तरी २ (२) : सत्ता गठबन्धनका यादवलाई स्वतन्त्र उम्मेदवार खड्गीको समर्थन

जनकपुरधाम । सत्ता गठबन्धनबाट सप्तरी २ (२)का प्रदेशसभा सदस्यका उम्मेदवार बनेका उमेश यादवलाई स्वतन्त्र उम्मेदवार निरज शाही खड्गीले समर्थन गरेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार तथा माओवादी नेता यादवलाई आफ्नो समर्थन रहेको घोषणा खड्गीले गरेका हुन् । अब चुनावी प्रचारमा यादवसँगै हिड्ने पनि खड्गीले बताएका छन् ।

उम्मेदवार यादव पूर्व कृषिमन्त्री हुन् । दोस्रो संविधानसभा सदस्यमा सप्तरी २ बाट निर्वाचित उनी मन्त्री बनेका थिए । ०७४ मा पराजित भएका उनी यो पटक प्रदेशसभा सदस्यका उम्मेदवार बनेका छन् ।

उम्मेदवार यादव र एमाले–जसपा गठबन्धनका लक्ष्मण यादवसँग कडा प्रतिस्पर्धा हुने स्थानीयको आँकलन छ । लक्ष्मण जसपाका नेता हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर