खेलाडी छनोट आफै गर्छु, नजिताको भागिदारपनि मै हुन्छु : प्रशिक्षक कटुवाल – Nepal Press

खेलाडी छनोट आफै गर्छु, नजिताको भागिदारपनि मै हुन्छु : प्रशिक्षक कटुवाल

काठमाडौं । नपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक प्रवेश कटुवालले खेलाडी छनोट आफै गर्ने र नतिजा जे आए पनि त्यसको भागिदार आफै बन्ने बताएका छन् ।

मङ्गलवार पाकिस्तानसँगको खेल अघि प्री म्याच कन्फरेन्समा बोल्दै कटुवालले भने,‘ नेपालको बलियो टोली हो । यदि खेलाडी पलायन नभएको भए झन् बलियो हुन्थ्यो । मैले अस्ति बङ्गलादेशसँग खेलेकै खेलाडी ल्याएर त्यसमा थप गरेर उत्कृष्ट खेलाडीहरूको टिम बनाएको छु । त्यसैले, खेलाडी छनोटमा मैले नै निर्णय लिन्छु र नतिजाको भागिदार पनि मै हुने हो ।’

फिफा प्रतिबन्धमा परेर तीन वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानसँग बुधवार नेपालले घरेलु मैदानमा नेपाले मैत्रीपूर्ण खेल खेल्दै छ ।

अबदुल्लाह अल्मुताईरीले फुटबल टिमको मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली टिमले स्थायी प्रशिक्षक पाउन सकेको छैन । त्यसैले, अखिल नेपाल फुटबल संघ एन्फाले प्रवेश कटुवाललाई पाकिस्तानसँगको खेलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

पाकिस्तानको टिमले लामो समय फुटबल नखेले पनि पाकिस्तानका हरेक खेलाडीले फुटबल खेलिरहेका छन् । त्यसैले नेपालले त्यही कुराको फाइदा भोलिको खेलमा उठाउन सक्ने कटुवालले बताए ।

यस्तै, उनले भोलिको खेलमा आफूले पाएको जिम्मेवारीलाई आफ्नो सत प्रतिशत दिने र राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर