करिष्माले मागिन् रेखालाई भोट – Nepal Press

करिष्माले मागिन् रेखालाई भोट

काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले रेखा थापालाई भोट मागेकी छन् ।

मोरङ क्षेत्र नम्बर ३ बाट राप्रपाको उम्मेदवार बनेकी थापालाई अभिनेत्री मानन्धरले भोट मागेकी हुन् ।

करिश्माले सामाजिक सञ्जालमार्फत कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै रेखालाई भोट मागेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन् ।‘कलाकार राष्ट्रका अभिन्न अंगहुन् । संस्कृति, संस्कारका सम्बाहक हुन । यो क्षेत्रको निर्माण , विकास गर्न धेरै कलाकारहरुले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनि सकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्याउने हो । यो संघर्षमा सामिल योद्धा । रेखा थापालाई भोट गर्न मोरङ जिल्लालाई आग्रह गर्दछु ।’

अभिनेत्री मानन्धर केही समय अघि एमाले प्रवेश गरेकी थिइन् । उनी अहिले एमाले उम्मेदवारका लागि भोट मागिरहेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *